१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

१ कात्तिक, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत मात्र खसेको छ । कार्कीलाई राप्रपा बाहेक प्रदेशसभामा भएका सबै दलले मत दिएका छन् । मतदानमा ९१ जना सहभागी थिए ।

मुख्यमन्त्री कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाको १ सांसदले विश्वासको मत दिएका हुन् । राप्रपाका एक सांसद भने अनुपस्थित रहेका हुन् । कार्की कोशी प्रदेशको दोस्रो प्रदेशसभाको तेस्रो (पाँचौं पटकको मुख्यमन्त्री) मुख्यमन्त्री हुन् ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार नियुक्त कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका हुन्।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १६:४१