१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

१ कात्तिक, विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत मागेका छन् । प्रदेशसभाकाे बुधबार बसेकाे बैठकलाई सम्बाेधन गर्दै कार्कीले विश्वासको मत मत मागेका हुन् ।

कार्कीले संघीयता र लाेकतान्त्रिक गणतन्त्रलाई बचाउनका लागि संकल्प आवश्यक रहेकाे बताउँदै विश्वासको मत मागेका हुन् । उनले ‌सरकार गठनकाे अन्तिम विकल्पका आधारमा आफुलाई विश्वास गरेर मुख्यमन्त्री नियुक्त गरेकाे बताउँदै राज्यका हरेक निकायमा जनताकाे पहुँच पुर्याउनका लागि काम गर्ने बताउँदै उनले विश्वासको मत दिन आग्रह गरेका हुन् ।

९३ सदस्यीय प्रदेशसभामा कार्कीलाई राप्रपा बाहेकका अन्य दलले विश्वासको मत दिने निर्णय गरेका छन् । ६ सिट रहेकाे राप्रपाले भने विपक्षमा मतदान गर्ने निर्णय गरेकाे छ ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १३:२९