८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

१ कात्तिक, काठमाडाैं । नेपालले यूएईविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको छ । मूलपानी क्रिकेट मैदानमा १ बजे शुरू हुने खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले त्रिकोणात्मक टी–२० आई श्रृंखलाअन्तर्गत यूएई र हङकङसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । टी–२० विश्वकप अघि तयारीका रुपमा नेपालले यो श्रृंखला खेल्न लागेको हो ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार त्रिकोणात्मक श्रृखंलाको फाइनल कीर्तिपुरस्थित त्रिवि मैदानमा र बाँकी खेल मुलपानी क्रिकेट मैदानमा हुनेछन् ।

नेपालले कात्तिक २ र ४ गते हङकङसँग र कात्तिक ६ गते यूएईसँग प्रतिस्पर्धा गर्नेछ । हङकङ र यूएईले कात्तिक ५ र ८ गते एकअर्काको सामना गर्नेछन् । अंक तालिकाको शीर्षमा रहने दुई टोलीले उपाधिका लागि कात्तिक १० गते प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार १३:२०