२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

शान्ति स्थापनाका लागि परिचालित कुकुर नेपाली सेनाबाट पुजिए (फोटोफिचर)

२० कात्तिक, काठमाडाैँ । नेपाली सेनाले ७४ वटा कुकुरलाई पूजा गरी कुकुर तिहार मनाएको छ । भक्तपुरको गठ्ठाघरस्थित भैरव बहान गुल्ममा रहेका ती कुकुरलाई पूजा गरी फूलमाला लगाएर नेपाली सेनाले कुकुर तिहार मनाएको हो । मानिसपछि संसारको सबैभन्दा छिटो बुझ्ने र घुलमिल हुने प्राणिका रुपमा कुकुरलाई लिने गरिन्छ ।

नेपाली सेनासँग भएका कुकुर भारत, अमेरिका, जर्मनबाट ल्याइएका छन् भने बाँकी स्थानीय उत्पादन छन् । विदेशबाट मगाइएका उन्नत जातका कुकुरको मूल्य रु दुई लाखसम्म पर्ने गरेको छ भने स्वदेशी कुकुरसमेत रु एक लाख मूल्यमा खरीद बिक्री हुँदै आएको छ ।

सेनाले कुकुर विष्फोटक पदार्थ पत्ता लगाउन, प्राकृतिक विपत्तिका घटनापछि खोज तथा उद्धार गर्न, गस्तीमा रहने सेनाको सहयोग पु¥याउन, विशिष्ट व्यक्तिको सवारीलाई सुरक्षित तुल्याउन तथा विभिन्न अपराधमा संलग्न अपराधीलाई पत्ता लगाउने काममा प्रयोग गर्दै आएको छ ।

सेनाले गुल्ममा रहेका कुकुरलाई चार महिनाको आधारभूत र पाँच महिनाको क्षमता अभिवृद्धि तालीम प्रदान गर्दै आएको छ । कुकुरलाई जन्मिएको दुई वर्षभित्रै दुवै तालीम दिइन्छ भने आठ वर्ष उमेर पुगेपछि सेवा निवृत्त हुने सेनाले मापदण्ड राखेको छ । कुकुरले गर्ने काम र जिम्मेवारीका आधारमा राशन उपलब्ध हुनेछ ।

सेनासँग जर्मन सेफर्ड, ल्याब्राडोर, क्रकर स्पाइनल प्रजातिका कुकुर रहेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिनुभयो । सेनाले विभिन्न पर्वका अवसरमा आयोजना हुने कार्यक्रममा कला कौशल र खेल देखाउने काममा पनि कुकुरको प्रयोग गर्दै आएको छ ।

आफ्नो मालिकप्रति इमान्दार र वफादार रहने कुकुर थोरै खाने र स्यावासी पाएपछि अत्यन्त खुशी हुने जनावर हो । कुकुरले सुम्पिएको जिम्मेवारी इमान्दारपूर्वक छिटो सम्पादन गर्छ ।

सेनाले आफ्नो सङ्गठनमा रहेका कुकुरलाई विश्वका द्वन्द्वरत् मुलुकमा शान्ति स्थापना कार्यमा खटिने क्रममा लिबिया, लाइबेरियामा समेत परिचालन गरेको प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।

dWok’/lyld l:yt e}/a axfg u’Nddf d+unaf/ odk~rssf] bf];|f] lbg s’s’/ k”hf ub}{ g]kfnL ;]jf . t:jL/ M /Tgs[i0f >]i7, sf7df8f}F, /f;;

प्रकाशित मिति : २० कार्तिक २०७५, मंगलवार १८:१४