१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

सरकार आत्मसमर्पणबादी भयो, मोदीको भ्रमणबारे तत्काल बोलोस्: कमल थापा

३० असोज, इनरुवा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकार आत्मसमर्पणबादी भएको आरोप लगायका छन् । नेपालको अभिभाज्य भुमी लिम्पियाधुरा,कालापानी,गुन्जी,कुटि लगायत क्षेत्रमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको भ्रमणबारे नेपाल सरकार बेखबर हुनु, चासो नलिनु, एक शब्द नबोल्नु आत्मसमर्पणबादी मानसिकताको उपज भएको बताए ।

सुनसरी जिल्लाको इनरुवामा आयोजित बिरोध सभामा बोल्दै थापाले सत्तामा पुग्न,टिक्न, चुनाव जित्न बिदेशिको आशिर्वाद र सहयोग लिनेहरुबाट राष्ट्रिय स्वाधीनताको रक्षा हुन नसक्ने दाबी गरे । थापाले भने ” भारतीय प्रमको भ्रमणबारे सरकारले तुरुन्तै कुटनैतिक नोट मार्फत भारत सरकारलाई प्रश्न सोधोस् ।”

 राष्ट्रपतिको भुमिका पार्टीको छायांको रुपमा रहेको अभिभावकको रुपमा हुन नसकेको भन्दै थापाले राजा सहितको प्रजातन्त्र आबश्यक रहेको जिकिर गरे । सरकार र ठुला भनिने दलहरु भ्रष्टाचारको आहालमा डुबेको आरोप लगाउदै थापाले अब यथास्थितिबाट मुलुक अगाडि बढ्न नसक्ने बताए । धर्मपरिवर्तन, बेरोजगारी, कुशासन र महङ्गी गणतन्त्रको पर्याय भएको चर्चा गर्दै थापाले संघीयता खारेज गरि सनातन हिन्दुअधिराज्य कायम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टीका नेताहरु तारानाथ लुइँटेल , राजाराम बर्तौला, तेजकुमार कुरुम्वाङ्ग, गोपाल कोइराला, चन्दन चौधरी ,खड्ग जिसि,खेम ओझा लगायतले बोलेका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता प्रेमप्रसाद भट्टराईको नेतृत्वमा ठुलो समूह राप्रपा नेपाल प्रवेश गरेको थियो भने पुर्ब प्रहरि उपरीक्षक नारायण थापा पनि राप्रपा नेपाल प्रवेश गरेका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार १३:२६