एभरेष्ट बैंकले घटायो सर्वाधिक ब्याजदर, सस्तिदैँ ऋणको ब्याज
३० असोज, काठमाडौं । एभरेष्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक महिनाको लागि सबैभन्दा बढी ब्याज घटाएको छ । बैंकले कात्तिकका लागि सार्वजनिक गरेको सूचनाअनुसार सबै वाणिज्य बैंकहरुभन्दा धेरै ब्याज घटाएको हो ।
बैंकले कात्तिकका लागि ब्याजदर १.८३ प्रतिशतविन्दुले घटाएको छ। असोज महिनामा ११.०५४ प्रतिशत रहेको बैंकको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर, कात्तिक महिनामा ९.२२४ प्रतिशतमा झरेको छ।
बैंकले ६ महिना र सोभन्दा माथिको संस्थागत मुद्दती निक्षेपका लागि कात्तिकमा बैंकले ७.२२४ प्रतिशत ब्याज तोकेको छ ।
प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार ११:५५