१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

उन्नति सहकार्य लघुवित्तले एफपीओ निष्काशन गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

३० असोज, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले एफपीओ निष्कासन गर्ने भएको छ । लघुवित्तले  एफपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

लघुवित्तले २०७८ साल चैत १२ गते एफपीओ निष्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो। धितोपत्र बोर्डले गत असोज २६ गते एफपीओ निष्कासनको अनुमति दिएको हो ।

अब उन्नति सहकार्य लघुवित्तले १०० रुपैयाँ अंकित दरका कुल १ लाख ७८ हजार ४५१।१८ कित्ता एफपीओ निष्काशन गर्नेछ । लघुवित्तको एफपीओ बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलवार १०:५६