२१ आश्विन २०८१, सोमबार | Tue Oct 8 2024

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

२९ असोज, काठमाडौँ । राष्ट्रियसभाको भोलि मंगलबार दिनको १ः०१ बजेका लागि निर्धारण गरिएको बैठक स्थागित भएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्काे सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी यसअघि निर्धारित बैठक स्थगित गरेका हुन् ।

राष्ट्रियसभाको भोलिका लागि निर्धारित बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने सङ्घीय ससद सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार १३:२७