१२ चैत्र २०८२, बिहीबार | Fri Mar 27 2026

ग्लोबल आइएमई बैंकको यी शाखाबाट नयाँ नोट साट्न पाइने

२९ असाेज, काठमाडौं । ग्लोबल आइएमई बैंकले दसैँका लागि नयाँ तथा सुकिला नोट सटही गर्न उपत्यका विभिन्न शाखा तोकेको छ। बैंकले आज एक सूचना जारी गर्दै नयाँ तथा सुकिला नोट सटहीका लागि शाखा कार्यालयहरु तोकेको हो।

ग्लोबल आइएमई बैंकका ग्राहकहरुले काठमाडौंको कान्तिपथ, कमलादी, धापासी ललिपपुर(जावालखेल) र सूर्यविनायकबाट नयाँ तथा सुकिला नोट सटही गर्न सकिने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

नयाँ तथा सुकिला नोट असोज २९ गतेदेखि (सार्वजनिक बिदाबाहेक)का दिनमा सहटी गर्न सकिने बैंकले जनाएको छ। अन्य दिनमा यो सुविधा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र शुक्रबारका दिन भने बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म उपलब्ध हुने बैंकले स्पष्ट पारेको छ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार ०९:५५