२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

कोशीमा धोका खाएको सरकारले पेट्रोलमा एकैपटक ११ रूपैयाँ मूल्य घटायो

२८ असोज, काठमाडौं । कोशी प्रदेशमा गम्भीर धक्का व्यहोरेको सरकारले पेट्रोलमा एकैपटक ११ रूपैयाँ मूल्य घटाएको छ । सरकारले आइतबार एक सूचना जारी गर्दै मूल्य घटाएको जानकारी दिएको छ ।  नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको जनाएको छ ।

निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।  भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ । नयाँ मूल्यसूची तल उल्लेख गरे अनुसार रहेको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आईतवार २०:०८