१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

एमाले मधेस प्रदेशमा पदाधिकारी सर्वसम्मत, अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल

२६ असाेज, काठमाडाैं । नेकपा (एमाले) मधेस प्रदेशमा पदाधिकारी सर्वसम्मत चुनिएका छन्। अध्यक्षमा सिराहाका चन्देश्वर मण्डल सर्वसम्मत भएका छन् ।

उपाध्यक्षमा पर्साका विचारी यादव चुनिएका छन्। उनी संविधान सभा सदस्य हुन्। सचिवमा बाराका मनोज पौडेल सर्वसम्मत भएका छन्। उपसचिवमा रौतहटकी आरती भण्डारी र धनुषाका मोहम्मद कैस सर्वसम्मत भएका छन्। भण्डारी यसअघि पनि उपसचिव नै थिइन्।

एमाले मधेस प्रदेश अधिवेशनले २३५ सदस्यीय पदाधिकारी चयन गर्ने छ। आज बेलुकासम्म सदस्यहरूको टुंगो लाग्ने अध्यक्ष मण्डलले जनाएकाे छ । मधेस प्रदेश अधिवेशन बुधबारबाट जनकपुरमा सुरू भएको हो।

यसअघि उपत्यका विशेष प्रदेश र सुदूरपश्चिममा एमालेले सर्वसम्मत रूपमा पदाधिकारी चयन गरेको थियो भने लुम्बिनी, कर्णाली, बागमती, गण्डकी र कोशीमा चुनावबाट नेतृत्व छानिएको थियो।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार १३:३२