नेप्सेमा ६ लाख ८४ हजार कित्ता बोनस सेयर सूचीकृत
२६ असाेज, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा रिलायन्स फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा कम्पनीको ६.५० प्रतिशत बोनस बापतको ६ लाख ८४ हजार ४५४.११ कित्ता सेयर सूचीकृत भएको हो । अब उक्त बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।
प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार १२:३६












