२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

चौरजहारी अस्पतालबाट सुत्केरीको उद्धार

२५ असोज, जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६ की १८ वर्षीया सुत्केरी सपना बस्नेतको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । सुत्केरी भएपछि स्वास्थ्य अवस्था जटिल भएका कारण उहाँको रुकुमपश्चिमको चौरजहारी अस्पतालबाट आज उद्धार गरी सुर्खेतस्थित प्रदेश अस्पताल लगिएको छ ।

बारेकोट गाउँपालिकाको लिम्सास्थित स्वास्थ्य संस्थामा उपचार हुननसकेपछि बस्नेतलाई उपचारका लागि रुकुमपश्चिमको चौरजहारी अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि सुर्खेत लगिएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बता । सुत्केरी ब्यथा लागेर गम्भीर भएकी बस्नेतले मृत बच्चा जन्माउनुभएको थियो । आमाको स्वास्थ्य अवस्था जटिल बनेपछि गाउँपालिकाको समन्वयमा ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’मार्फत हेलिकप्टरमा प्रदेश अस्पताल सुर्खेत लगिएको हो ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार २०:१४