१० मंसिर २०८१, सोमबार | Tue Nov 26 2024

काठमाडाैंका यी स्थानमा कात्तिक ४ गतेसम्म विद्युत आपूर्ति प्रभावित हुने

२५ असोज, काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा कात्तिक ४ गतेसम्म विद्युत् आपूर्ति प्रभावित हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले बिहीबार एक सूचना जारी गर्दै काठमाडौं ग्रिड महाशाखा अन्तर्गत लैनचौरस्थित ६६(११ के।भी। सबस्टेसन स्तरोन्नति भइरहेकाले असोज २४ गतेबाट कात्तिक ४ गतेसम्म त्यस सबस्टेसनबाट आपूर्ति भइरहेका स्थानसहित अन्य क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने जनाएको छ ।

लैनचौर सबस्टेसनबाट सञ्चालित सामाखुसी, ठमेल, किंग्सवे, लाजिम्पाट र पानीपोखरी क्षेत्रमा विद्युत आपूर्ति गर्न प्राधिकरणले भृकुटीमण्डप, कमलपोखरी, डिल्लीबजार, क्षेत्रपाटी, असन, महाबौद्ध, न्युरोड, पुतलीसडक, गोंगबु, रानीबारी र बालुवाटार क्षेत्रबाट वैकल्पिक व्यवस्था गरेको छ। त्यसैले ती क्षेत्रमा विद्युत् सेवा केही दिन प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार १५:४८