चार वाणिज्य बैंकमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
२५ असोज, काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज २०.१६ अकंले घटेर १८७४.६० अंकमा बन्द भएको छ । बिहिबार पूँजी बजारमा २९२ कम्पनीको ७५ लाख ५८ हजार ५४२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७० करोड १ लाख २९ हजार रुपैयाँको कारोबार भएको छ ।
आज सेयर बजारमा गिरावट आउँदा लक्ष्मी सनराइज बैंकको प्रमोटर शेयरको सर्वाधिक कारोबार भएको छ ।आज कम्पनीको १६ करोड ३८ लाख ४८ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५ करोड ४ लाख २३ हजार रुपैयाँ, नेपाल एसबिआई बैंकको ४ करोड १९ लाख ५३ हजार रुपैयाँ, सिद्धार्थ बैकको ३ करोड ९० लाख ९५ हजार रुपैयाँ र शिवम् सिमेन्टको ३ करोड ७३ लाख ६ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार १५:२१












