९ मंसिर २०८१, आईतवार | Mon Nov 25 2024

सिद्धार्थ बैंकले घोषणा गर्याे लाभांश

२५ असोज, काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ४.२१ प्रतिशत नगद लाभांश (कर सहित)  वितरण गर्ने प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरेर वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार १०:११