नेप्सेमा २५ हजार कित्ता सेयर सूचिकृत
२४ असाेज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेशनल हाइड्रोपावर सेयर सूचिकृत भएको छ । नेप्सेमा साविकको सुनकोशी हाइड्रोपावर कम्पनीलाई १ः०.२५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको अंकित मूल्य १०० रुपैंयाका दरले २५ हजार कित्ता साधारण सेयर सूचिकृत भएको हो ।
धितोपत्र सूचिकरण विनियमावली, २०७५ अनुसार नेप्सेमा कारोबार हुन सक्ने गरी आज सूचिकृत गरेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १६:२०












