आज माण्डु हाइड्रोपावरसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
२४ असोज, काठमाडौं । साताको चौंथो कारोबारको दिन बुधबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० आज ५.१६ अकंले बढेर १८९४.७६ बिन्दुमा बन्द भएको छ । बुधबार २८६ कम्पनीको ३७ लाख ३३ हजार ५२४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८ करोड ८५ लाख ४७ हजार रुपैयाँको कारोबार भएको हो ।
आज सेयर बजारमा झिनो अंकको सुधार आउँदा माण्डु हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ४ करोड ८० लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, एनआईसी एशिया बैंकको ३ करोड ५४ लाख ४३ हजार रुपैयाँ, नबिल बैंकको ३ करोड ३१ लाख ७९ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको ३ करोड १९ लाख ७१ हजार रुपैयाँ र रिलायाबल नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ७८ लाख ८८ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १५:२५












