२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई लिफान नेपालको इभि स्कुटरहरुको खरिदमा विशेष छुट

२४ असोज, काठमाडौँ । मुक्तिनाथ विकास बैंकले नागपोखरीमा मूख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता “पिनाकल मोटोराडसँग लिफान नेपालको इभि स्कुटरहरुको खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

यस व्यवसायिक सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु र ग्राहकहरुले पिनाकल मोटोराडको नागपोखरी र भरतपूरमा रहेको शाखाबाट लिफान नेपालको विभिन्न मोडलका इभि स्कुटरहरुको खरिदमा विशेष क्यास छुट र एक्सेन्जमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्थमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मिसेनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १३:५८