लगानीकर्ताको हात खाली बनाएको एनआरएन इन्फ्रास्टक्चरले बोलायो साधारणसभा
२४ असोज, काठमाडौं । लगानीकर्ताको हात खाली बनाएको एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीले बार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीले कात्तिक १७ गतेका लागि ११ औं बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले सभा प्रयोजनका लागि असोज ३० गते एक दिन बुक क्लोज गर्ने भएको छ । यसको अर्थ असोज २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले कम्पनीले बोलाएको साधारणसभामा सहभागि हुन सक्नेछन् । साथै, सभाले सञ्चालक समितिको बार्षिक प्रतिवेदन, लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १३:२९












