५ पुष २०८२, शनिबार | Sat Dec 20 2025

साविकको गुराँस लाइफको बोनसदर सार्वजनिक, अधिकतम ७६ रुपैयाँसम्म पाउने

२४ असोज, काठमाडौं । साविकको गुरासँ लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को बोनसदर घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणले  असोज २१ गतेपत्र मार्फत स्वीकृत  गरेको छ ।

इन्स्योरेन्सका अनुसार बिमितलाई दिने बोनस प्रतिहजार ३८ रुपैयाँदेखि ७६ रुपैयाँसम्म रहेको छ । इन्स्योरेन्सले सावधिक जीवन बीमालेखमा ९ वर्ष अवधिको लागि ३८ रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४१ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको लागि प्रति हजार ४९ रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढि अवधिका लागि ७६ रुपैयाँ तोकिएको छ ।

यस्तै, सावधिक तथा आजीवन बीमा योजना बीमालेखमा ९ वर्ष अवधिको लागि ४० रुपैयाँ, १० देखि १४ वर्ष अवधिका लागि ४० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ५० रुपैयाँ र २५ वर्ष वा सोभन्दा बढी अवधिका लागि ७५ रुपैयाँ रहेको छ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेख योजनामा १४ वर्ष अवधिका लागि ३६ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४८ रुपैयाँ बोनसदर तोकेको छ ।

बार्षिक नगद फिर्ता बीमालेख योजनामा कम्पनीले १४ वर्ष अवधिका लागि ३४ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिका लागि ४३ रुपैयाँ बोनसदर कायम गरेको छ ।

गुराँस सुरक्षित भविष्य जीवन बीमा योजना बीमालेखमा १४ वर्ष अवधिका लागि २० रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि २५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिसम्मको लागि ३१ रुपैयाँ र २५ वर्षभन्दा बढी अवधिका लागि ३७ रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले ३० वर्षे गुराँस जीवन रक्षक९सिमित भुक्तानी० गुराँस सावधिक लघु जीवन बीमा र गुराँस कर्पोरेट जीवन बीमा योजना अन्तर्गत १४ वर्ष अवधिका लागि ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिका लागि ३७ रुपैया, २० देखि २४ वर्ष अवधिका लागि ४५ रुपैयाँ र २५ वर्ष वा सो भन्दा बढी अवधिका लागि ७० रुपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर मृत्यु दाबी,पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि कम्पनीले उक्त बोनसदर कायम हुने जनाएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार ११:५४