२९ माघ २०८२, बिहीबार | Thu Feb 12 2026

सर्वसाधारणका लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

२४ असोज, काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आज असोज २४ गतेबाट सवा ५ लाख बढी कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक समूहको ५ लाख ३३ हजार ८६५ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ।

बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै, सर्वसाधारण, जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ। उक्त सेयर खरिदका लागि लगानीकर्ताल कात्तिक २ गतेसम्म बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा बोलपत्र पेस गर्न सक्नेछन् ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार ०९:०१