२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

व्यावसायिक गतिविधि बढाउन ऐन, कानुन र नीतिहरू सुधार हुन जरुरी छः चन्द्र ढकाल

२३ असाेज, काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानून र नीतिहरु सुधार गर्न आवश्यक रहेको बताएका छन् । मंगलबार महासंघ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको दिगो विकासका लक्ष्य कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताए ।

दिगो विकासका लक्ष्यहरू पूरा गर्न निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको भन्दै अध्यक्ष ढकालले व्यावसायिक गतिविधि बढाउन ऐन कानुन र नीतिहरू सुधार हुन जरुरी रहेको बताए ।  अध्यक्ष ढकालले  व्यवसायीहरूको आत्मबल बढाउने र रोजगारी सिर्जनादेखि हरेक विषयमा ठुलो योगदान निजि क्षेत्रको रहेको बताए । उनले दिगो विकासका लक्ष्यहरु पूरा गर्न निजी क्षेत्र महत्वपूर्ण पार्टनरका रुपमा काम गरिरहेको बताए ।

नेपालमा व्यवसायिक गतिविधिहरु बढाएर व्यवसायीहरुको आत्मबल बढाउने काम गर्नुपर्ने जनउँदै उनले व्यावसायमैत्री नीतिका लागि पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरिनुपर्ने बताए ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलवार १४:४१