२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

‘कालोमोसो दस्ता’का संरक्षक दुर्गा प्रसाईं नै कालोमोसोको सिकार

२२ असोज, काठमाडौँ । लघुबित्त र बैंकहले ऋण तिर्न ताकेता गरेको, ऋणिहरूलाई अनुचित सम्बन्धका लागि दबाब दिएको र नागरिकहरू आत्महत्याको परिस्थितिमा पुगेको भन्दै आन्दोलन चलाइरहेका चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँमै मोसो दलिएको छ । बैंकरहरूले ग्राहकलाई पीडा दिएकोमा मोसो दल्नुपर्छ भनेर सर्वजनिक रूपमा अभिव्यक्ति दिएर मोसो दस्ता नै बनाएका प्रसाई सोमबार आफैँ मोसोको शिकार भएका हुन ।

जमलको होटल एलोप्यागोडमा पत्रकार सम्मेलन गरेर निस्कन लागेका प्रसाइमाथि मोसो दलिएको प्रत्यक्षदर्शीले बताएका छन । प्रसाईलाई मोसो दल्नेको पहिचान खुलेको छैन । कतिपय अवस्थामा उत्तेजक र तथ्यहिन भाषण समेत गर्ने गरेका प्रसाईमाथिको मोसोले अनेक प्रश्न जन्माएको छ । आफ्नै सुरक्षाकर्मीसहित हिड्ने प्रसाई माथिको यस आक्रमणले गम्भीर सुरक्षा चुनौतिको संकेत गरेको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टी विचरण गरेर राजा ल्याउने अभियानमा लागेका प्रसाईले गलत अभिव्यक्ति दिएको भन्दै उनीमाथि कारबाहीका लागि दबाब समेत बढ्दै आएको थियो । तर कानुन हातलमा लिएर अराजक समूहले उनीमाथि मोसो दलेको छ ।

हेर्नुहाेस् भिडियाेः 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार १५:५९