१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

अरुण काबेली पावरको २० लाख १४ हजार कित्ता सेयर बिक्रीमा आउने

२२ असाेज, काठमाडाैं । अरुण काबेली पावर लिमिटेडकाे सेयर बिक्रीमा आउने भएको छ। कम्पनीले गत भदौ ११ गतेदेखि भदौ ३१ गतेसम्म सेयरधनीहरुलाई चुक्तापुँजीको सतप्रतिशत हकप्रद जारी गरेकाे थियाे । उक्त अवधिमा सेयरधनीहरुबाट खरिद आवेदन नपरेको कुल २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा आउन लागेकाे हाे ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो। त्यसमध्ये १ करोड ६५ लाख ३७ हजार २८८ कित्ताका लागि मात्र आवेदन परेको हो। कम्पनीकाे हकप्रद सेयर गत असोज १९ गते बाँडफाँड भइसकेकाे छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार १३:३९