सिनर्जी पावरले साढे ५ लाख बढी कित्ता सेयर बिक्रीमा ल्याउँदै, न्यूनतम मूल्य कति ?
२२ असोज, काठमाडौं । सिनर्जी पावर डेलभपमेन्टले हकप्रद सेयर बिक्रीमा ल्याउने भएको छ । कम्पनीले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर कात्तिक १ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याउने भएको हो ।
कम्पनीले गत भदौ ३ गतेदेखि भदौ ३१ गतेसम्म आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो। सो समयमा बिक्री नभएको सर्वसाधारण समूहको ५ लाख ६३ हजार २६१ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागिएको हो।
लिलामीमार्फत बिक्रीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्तालाई न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। भने अधिकतम सेयर संख्याका लागि कुनै हद नलाग्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले लिलामीमार्फत बिक्रीमा राखिने हकप्रद सेयरमा कात्तिक १५ गते बोलपत्र पेस गर्न सक्नेछन् ।
लगानीकर्ता काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटल तथा सानिमा बैंकको हेटौँडा, नारायणगढ, विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, महेन्द्रनगर र पोखरा ९न्युरोड० तथा गरिमा विकास बैंकको बागलुङ शाखामा बोलपत्र पेस गर्न सक्नेछन् ।
प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार १०:१३












