सेयर बजारमा उच्च अंकको गिरावट, १ अर्ब ८० करोडको कारोबार
२१ असोज, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल एक्चेन्ज (नेप्से) आज ३५.६५ अंकले घटेर १९२१.२४ बिन्दुमा बन्द भएको छ । आज १ अर्ब ८० करोड १७ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबार सेयर बजारमा गिरावट आएपनि बाराही हाइड्रोपावर पब्लिक लिमिटेड र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २ को सेयर मूल्य उच्च अंकले बढेको छ । आज हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड र गरिमा डीभेन्चर, २०८५ को सेयर मूल्य सर्वाधिक घटेको छ । आइतबार शिवम् सिमेन्टको सर्वाधिककारोबार भएको छ ।
प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार १५:३२












