शिवम् सिमेन्टसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?
२१ असोज, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल एक्चेन्ज (नेप्से) आज ३५.६५ अंकले घटेर १९२१.२४ बिन्दुमा बन्द भएको छ । आज १ अर्ब ८० करोड १७ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा गिरावट आउँदा शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ६ करोड ७३ लाख ८१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ५ करोड ५७ लाख ६० हजार रुपैयाँ, नबिल बैंकको ५ करोड ३४ लाख ४२ हजार रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सको ४ करोड ५५ लाख ३ हजार रुपैयाँ र एनआइसी एशिया बैंकको ४ करोड ४९ लाख ८४ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार १५:२१












