२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

१० घण्टादेखि थुनियो किम्रोङ खोला, मोदी नदी किनारमा सावधानी अपनाउन अपिल

२१ असोज, पर्वत । पर्वत र कास्की हुँदै बग्ने मोदी नदीमा मिसिने कम्रोन खोला थुनिएको छ । भीषण पहिरोले मोदीमा मिसिने किम्रोन थुनिदाँ तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन स्थानीय सरकारले अपिल गरेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ११ को किम्रोङ खोलामा पहिरोको कारण १०  घण्टादेखि खोला थुनिएको छ ।

वडा अध्यक्ष हिम गुरूले १० घण्टादेखि खोला थुनिएकाले सावधानी अपनाउन तटीय क्षेत्रका बासिन्दालाई अपिल गरेको जानकारी दिए । उनले जुनसुकै बेला बाँध फुटेर बाढी आउन सक्ने खतरा भएकोले अन्नपूर्ण गाउँपालिका कास्की र मोदी गाउँपालिका पर्वतमा मोदी खोला किनारमा बस्नुहुने नागरिकहरु सचेतता पुर्वक सावधानी अपनाउ अपिल गरेका छन ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार १३:२०