६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

आइतबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२१ असाेज, काठमाडौं । साताकाे पहिलाे काराेबारकाे दिन आइतबार नेपाली बजारमा सुनकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ७ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार १०० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिन शुक्रबार सुन स्थिर रहँदै छापावाल सुन प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदीकाे मूल्य प्रतितोला २० रुपैयाँले बढेर तोलाको १ हजार ३३० रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी स्थिर रहँदै १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार १०:५३