२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

मेरो उम्मेदवारी फिर्ताको षडयन्त्र चिरेँ, मतदान गरेर सहयोग गरिदिनुस्ः केदार देवकोटा

२१ असोज, काठमाडाैँ । नेकपा एमाले निकटको पेशागत महासंघका महासचिव केदार देवकोटाले उपत्यका विशेष प्रदेशको अधिवेशनमा अाफू माथि षडयन्त्र भएको दाबी गरेका छन । सामाजिक सञ्जाल मार्फत अाफ्नो उम्मेदवारी फिर्ताका लागि भएको षडन्त्र चिरेको भन्दै अाइतबार दिउँसो हुने मतदानमा सहभागी भएर सहयोग गर्न अपिल गरेका छन ।

एमालेको उपत्यका विशेष प्रदेशको अध्यक्षसहित अन्य सबै पदमा निर्विरोध निर्वाचित भएको भए पनि पेशागतको २८ सदस्यका लागि मतदान नै हुने भएको छ । यसमा कर्मचारी र शिक्षक लगायतका सदस्य रहेका छन । यद्यपी उनीहरूको चयनका लागि सबै प्रतिनिधिले मतदान गर्नुपर्ने हुन्छ ।

देवकोटाले फेसकुबमा गरेको अपिल यस्तो छ,

आदरणीय साथीहरूसंग हार्दिक अपिल !!!
उपत्यका विषेश प्रदेश अधिवेशनमा २०८० असोज २० गते राति मेरो उम्मेदवारी फिर्ताका लागि एउटा षड्यन्त्र रचियो, जुनकुरा मलाई सैय भएन र मानिन , अनि आफुलाई निकै अपठ्यारो महसुस गर्दै राति हलवाट वाहिरिए । हुनत २० गते दिउसो देखि नै मलाई निशाना वनाएर गफ भईरहृको मैले महसुस गरेको थिए ।
२०८० असोज २१ गते दिउस ३ वजेवाट होटल हार्दिक वागवजारमा पेसागत क्षेत्रका २८ जना सदस्यका लागि मतदान हुदैछ ।
उपत्यका विशेष प्रदेश अधिवेशनका लागि प्रतिनिधि रहनु भएका मजदुर क्षेत्र , युवा विध्यार्थी क्षेत्र , उध्योग ब्यवसायी र पेशागत जिल्लाका साथीहरू उपस्थित भइ मतदान गरीदिन हुन हार्दिक अनुरोध गर्दछु ।
साथै , मलाई सहयोग गर्ने, सुभेच्छा प्रकट गर्ने आदरणीय सवै नेता तथा दिदीबहिनी , साथिभाईलाई हार्दिक अनुरोध गर्दछु ।
केदार प्रसाद देवकोटा

प्रकाशित मिति : २१ आश्विन २०८०, आईतवार ०८:०९