१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026
Dainiki
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • विशेष
  • प्रवास
  • सम्पादकीय
  • English
Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ / वाणिज्य
  • विशेष
  • स्वास्थ्य
  • जीवनशैली
  • शिक्षा
  • प्रवास
  • विचार
  • विश्व
  • मनोरञ्जन
  • कला/साहित्य
  • विज्ञान
  • सुरक्षा / अपराध
  • खेल
  • भिडियो
  • English

दैनिकी

वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन घट्दै

२० असोज, पर्सा । राष्ट्रिय राजस्वमा ४३ प्रतिशतभन्दा बढी योगदान पुर्‍याउने वीरगञ्ज भन्सार कार्यालयको राजस्व सङ्कलन क्रमिक रुपमम घट्दै गएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा लक्ष्यभन्दा २४ प्रतिशत कम राजस्व सङ्कलन गरेको कार्यालयले भदौमा लक्ष्यभन्दा ३५ प्रतिशत कम राजस्व सङ्कलन गरेको जनाएको छ । चालु आवको साउनका लागि भन्सार विभागले रू १५ अर्ब ६२ करोड ३७ लाख राजस्व सङ्कलनको लक्ष्य लिएकामा लक्ष्यभन्दा रू तीन अर्ब ७५ करोड ३२ लाख कम राजस्व सङ्कलन भएको कार्यालयका सूचना अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।
उनका अनुसार भदौका लागि विभागले रू १९ अर्ब ३८ करोड राजस्व सङ्कलनको लक्ष्य दिएकामा रू १२ अर्ब ७१ करोड मात्र सङ्कलन भएको छ । भन्सार कार्यालयलाई सबैभन्दा बढी राजस्व दिने पेट्रोलियम पदार्थ, वाहनलगायतका २० वस्तुको आयातबाट सङ्कलन हुने राजस्व घट्दै गएको ढकालले बताए । उनले मुख्य २० वस्तुबाट सङ्कलन हुने राजस्व गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा ५३ प्रतिशत कम सङ्कलन भएको छ भने भदौमा गत आवको सोही महिनाको तुलनामा ६२ प्रतिशत कम भएको बताए ।
वीरगञ्ज भन्सार कार्यालयलाई इन्धन र वाहनको आयातबाटबाट मात्र ४० प्रतिशतभन्दा बढी राजस्व सङ्कलन हुने गरेको भन्दै ढकालले दुवै वस्तुको आयात घट्दै गएकाले रावस्व सङ्कलनको लक्ष्य हासिल गर्न नसकिएको जानकारी दिए । उनले वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि आयात हुने इन्धनबाट सङ्कलित हुने राजस्व गत आवको तुलनामा ११ प्रतिशत र वाहनबाट सङ्कलन हुने राजस्वमा १० प्रतिशतले कमी आएको बताए ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार १९:०६

प्रतिक्रिया

dainiki

ताजा

मुस्ताङमा पनि दुर्घटनामा परेर निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

१८ फागुन, काठमाडाैँ । मुस्ताङमा पनि निर्वाचनमा खटिएका एक कर्मचारीको मृत्यु भएको छ ।  मुस्ताङमा मोटरसाइकल दुर्घटनामा परेर निर्वाचनमा खटिएका कर्मचारी ३२ वर्षीय सुनिल घतानेको

यस्तो छ राष्ट्रपति पौडेलले राष्ट्रका नाममा गरेको सम्बोधन (पूर्णपाठ)

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकताः राष्ट्रपति पौडेल

निर्वाचन प्रचारप्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको छः गृहमन्त्री अर्याल

लोकप्रिय

निर्वाचन कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते


नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?


मुस्ताङमा पनि दुर्घटनामा परेर निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु


पोखरमा सुटकेसभित्र युवतीको शव भेटियो


आज पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


सम्बन्धित

मुस्ताङमा पनि दुर्घटनामा परेर निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

१८ फागुन, काठमाडाैँ । मुस्ताङमा पनि निर्वाचनमा खटिएका एक कर्मचारीको मृत्यु भएको छ ।  मुस्ताङमा

यस्तो छ राष्ट्रपति पौडेलले राष्ट्रका नाममा गरेको सम्बोधन (पूर्णपाठ)

१८ फागुन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न निर्वाचन प्रतिनिधि चयन गर्ने संवैधानिक प्रक्रिया मात्र

निर्वाचन उपलब्धिको रक्षा र नयाँ सम्भावनाको युगीन आवश्यकताः राष्ट्रपति पौडेल

१८ फागुन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनले

निर्वाचन प्रचारप्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको छः गृहमन्त्री अर्याल

१८ फागुन, काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन प्रचारप्रसार निषेध अवधिको सुरक्षा व्यवस्था चुस्त बनाइएको

अनुपम मिडिया प्रा. लि.
  • सूचना विभागमा दर्ता नं. : 714
  • कार्यालय
  • Anamnagar, Kathmandu, Nepal
    +977 14102617
    Admin: [email protected]
    News: [email protected]
    Marketing: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9810310115
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ
  • विशेष
  • पर्यटन
  • प्रवास
  • अध्यक्ष : पवित्रा मुडभरी
  • प्रधानसम्पादक : माधवप्रसाद तिवारी
  • प्रयाेगकर्ता शर्तहाम्राे टिम
  • विज्ञापन
  • Preeti to unicode
Dainiki दैनिकी
© 2017 - 2026 Dainiki.com सर्वाधिकार सुरक्षित | Website by appharu.com