१८ फाल्गुन २०८२, सोमबार | Tue Mar 3 2026

एफवान सफ्ट ग्रुपसँग तीन राष्ट्रिय क्रिकेट खेलाडी ब्रान्ड एन्डोर्सरका रुपमा आबद्ध

१९ असाेज, ललितपुर । एफवान सफ्ट ग्रुप नेपालको अग्रणी फिनटेक समूहले तीन प्रख्यात नेपाली राष्ट्रिय क्रिकेट खेलाडीसँग ब्रान्ड एन्डोर्सरका रूपमा सम्झौता हस्ताक्षर समारोह गरेको छ।

एफवान सफ्ट ग्रुपका सहायक कम्पनीहरु फोनपे, इसेवा र इसेवा मनी ट्रान्सफरले क्रमशः कुशल भुर्तेल, रोहितकुमार पौडेल र दीपेन्द्र सिंह ऐरीसँग उृनीहरुको यात्रालाई सशक्त बनाउने उद्देश्यले सम्झौता गरेको छ। क्रिकेटरहरुसँगको यस सम्झौता हस्ताक्षर बिहीबार एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्मा, ईसेवाका चिफ बिजनेस अफिसर आशीष गौतम, इसेवा मनी ट्रान्सफरका बिजनेस अपरेसन म्यानेजर सुमित भण्डारी र फोनपेका चिफ बिजनेस अफिसर सुमित दासको उपस्थितिमा भएको थियो।

यस साझेदारीका साथ एफवान सफ्ट ग्रुपले नेपालको क्रिकेट खेलमा आफ्नो जीवन समर्पण गरेका खेलाडीहरुलाई भरपुर साथ दिने लक्ष्य राखेको छ। एफवान सफ्ट ग्रुप यस सहकार्यका साथ मैदानमा खेलाडीहरुको प्रदर्शन बढाउन मद्दत गर्न मात्र नभई उनीहरुको मनोबल सुनिश्चित गर्न पनि प्रतिबद्ध छ।

खेलाडीहरुको आकांक्षालाई प्राथमिकता दिएर यो साझेदारीले खेलाडीहरुको क्षमता लाई अझै सशक्त बनाउन खोजेको छ र यसो गर्दा नेपाली क्रिकेट जगतकै उत्थान हुने आशयका साथ एफवान सफ्ट ग्रुप अगाडि बढेको छ। खेलाडीहरुले सही समर्थन पाउनाले अन्तर्राष्ट्रियस्तरमा अझै उल्लेखनीय उपलब्धि हासिल हुन सक्नुका साथ–साथै सारा देशले गौरव गर्ने बाटोको सिर्जना हुने विश्वास यसै साझेदारीबाट झल्किएको छ।

एफवान सफ्ट ग्रुपका निर्देशक सुवास शर्माले भने, ‘हामी हाम्रा राष्ट्रिय नायकहरुसँग जोडिन पाउँदा गर्व महसुस गर्छौं र उहाँहरुको यात्रामा सहभागी हुन पाउँदा हामी खुसी छौँ। यस साझेदारीको प्राथमिक उद्देश्य भनेको हाम्रो क्रिकेट प्रतिभालाई अटल समर्थन प्रदान गर्नु र खेलाडीहरुको व्यक्तिगत र व्यावसायिक विकासमा सहयोग गर्नु हो। यसका साथै खेलाडीहरुलाई हाम्रो प्रयासको केन्द्रविन्दुमा राखेर नेपाली क्रिकेटमा सफलता र उपलब्धिको नयाँ युग प्रज्ज्वलित गर्ने लक्ष्य हामीले लिएका छौँ ।’

प्रकाशित मिति : १९ आश्विन २०८०, शुक्रबार ११:५९