२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

हुन्डाईले तीन दिनसम्म फेस्टिभ कार्निवल आयोजना गर्ने

१८ असाेज, काठमाडाैं । हुन्डाई नेपालले बडादसैं,दिपावली र छठ पर्व- २०८०को उपलक्ष्यमा आगामी असोज १९ गतेदेखि २१ गतेसम्म फेस्टिभ डिलाइट अन्तर्गत हुन्डाई फेस्टिभ कार्निवल गर्ने भएको छ ।

कम्पनीले देशभरका विभिन्न स्थानमा रहेका शोरुममा हुन्डाई फेस्टिभ कार्निवल अन्तर्गत आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभकामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाइने छ ।

कार्निवलमा हुन्डाईको सवै शोरुमहरुमा फरक- फरक कार्यक्रमहरु आयोजना गरिने छ । कार्निवलमा आयोजना गरिएका प्रतियोगितामा सहभागी भै विजेता हुनेले वाशिङ मेसिन, माइक्रो वेब ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्नेछन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार १६:४९