१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

नेपालले छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्छः सांसद पन्त

१८ असोज, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा मुलुकको विकास निर्माणका लागि ठोस उपलब्धि नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा उनले चीनको बेल्ट एण्ड इनिसिएटिभ (बिआरआई)परियोजनाबाट नेपालले विकास पूर्वाधारमा लाभ लिन सक्ने मौका गुमेको आरोप लगाए । नेपालले दुई ठूला छिमेकी मुलुकको आर्थिक विकासबाट लाभ लिनुपर्ने उनको भनाइ थियो । सरकारले चीनसँग यसअघि भएका सहमति पनि कार्यान्वयन गर्न नसकेको सांसद पन्तले उल्लेख गरे ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार १६:२८