आज सिटिजन लाइफसहित यी कम्पनीको भयो सर्वाधिक कारोबार
१८ असाेज, काठमाडाैं। साताकाे अन्तिम काराेबारकाे दिन बिहीबार पनि सेयर बजारमा गिरावट आएकाे छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ११.०४ अंकले घटेर एक हजार ९ सय ५६ दशमलब ९२ विन्दुमा बन्द भएको छ । आज एक अर्ब १० करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
सेयर बजारमा गिरावट आउँदा आज सिटिजन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ४ करोड ४३ लाख ३१ हजार रुपैया बराबरको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको ३ करोड १८ लाख २८ हजार रुपैयाँ,सोल्टी होटलको ३ करोड ९ लाख ४१ हजार रुपैयाँ, सन लाइफ इन्स्योरेन्सको ३ करोड ३ लाख ३० हजार रुपैयाँ र हिमालयन उर्जा विकास कम्पनीको ३ करोड २ लाख ७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार १५:२२












