कहिलेसम्म कायम इकाइधनीले पाउँछन् ‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड-१’को लाभांश ?
१८ असाेज, काठमाडाैं । ग्लोबल आईएमई म्युचुअल फन्डअन्तर्गत सञ्चालित ‘ग्लोबल आईएमई ब्यालेन्स्ड फन्ड–१’ को बुक क्लोज मिति तय भएकाे छ । फन्डले आर्थिक वर्ष २०७९/८०को लाभांश वितरणार्थ असोज २५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। यसकाे अर्थ २४ गतेसम्म कायम इकाइधनीहरुले यो योजनाको लाभांश पाउनेछन्।
यो योजनाका इकाइधनीहरुलाई आर्थिक वर्षका लागि करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ। इकाइधनीहरुलाई कुल ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ वितरण गर्नेछ। यस योजनाको कोष प्रवर्द्धकमा ग्लोबल आईएमई बैंक रहेको छ।
प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार १२:४०












