८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

एनआरएन महासचिवका उम्मेदवार सुवेदी फ्रान्समा, यस्ता छन एजेण्डा

१७ असोज, काठमाडाैँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को ११औँ महाधिवेशनका महासचिवका प्रत्यासी बुद्धिसागर सुवेदीको फ्रान्समा भव्य स्वागत भएको छ । एनआरएनए निर्वाचनको सन्दर्भमा विश्व भ्रमणमा रहेका सुवेदी बुधबार फ्रान्स पुगेका हुन । उनले त्यहाँ एनआरएन राष्ट्रिय समन्वय परिषद्का प्रतिनिधिको अलवा अन्य विभिन्न संघ संस्थाका प्रतिनिधिसँग पनि छलफल गरे ।

राष्ट्रिय समन्वय परिषद् अमेरिकाका निवर्तमान अध्यक्ष समेत रहेका सुवेदीलाई एनआरएनए फ्रान्सका अध्यक्ष लोक बहादुर पुन र नेपाली जनसम्पर्क समितिका अध्यक्ष शुधिर राना लगायतले भव्य र न्यानो स्वागत गरे । सो अवसरमा सुवेदीले आफूले अधिकार सम्पन्न र स्वायत्त एनसीसीहरू निर्माण गर्न चाहेको बताए । उनले सुरक्षित वैदेशिक रोजगारी र सामाजिक सुरक्षा कोषको पूर्ण कार्यान्वयन आफ्नो प्रमुख एजेण्डा रहने बताए ।

त्यस्तै सुवेदीले वंशजको नेपाली नागरिकताको निरन्तरताका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन । सुवेदीले आफूले काम गर्ने अवसर पाउँदा गैर आवासीय नेपालको वंशजकै नागरिकताको निरन्तरताका लागि आफूले नेपाल सरकार र सरोकारवाला निकायसँग समन्वयको काम गर्ने बताए ।

सुवेदीले एनआरएन ज्ञान, सीप, लगानी, भाषा र संस्कृतिको प्रवर्द्धन गर्दै युवा, महिला र दोस्रो पुस्तालाई अघि बढाउन विशेष अभियान चलाउने बताए । उनले एकतावद्ध, सुदृढ र चलायमान सचिवालय बनाएर सबैसँग समन्व्य गर्ने प्रतवद्धता समेत गरे । आफ्नो उम्मेदवारीको बारेमा जानकारी गराउँदै एनआरएन रहेका नेपालीसँगको सुझाव संकलनको क्रममा रहेका सुवेदीले कुवेतमा न्यानो आतिथ्यता र अन्तरक्रियाका लागि एनसीसी कुवेतका अध्यक्ष रणध्वज लामासहित सिंगो कार्यसमितिलाई धन्यवाद दिएका छन ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार २२:०६