१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको सेयरमूल्य कति बढ्यो ?

१७ असाेज, काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सुधार आएको छ । आज बजार ९.२४ अंकले बढेर १९६७.९७ बिन्दुमा बन्द भएको छ ।

आज सेयर बजारमा सुधार आउँदा मध्यभोटेकोशी जलविद्युत कम्पनी र बुद्धभुमी नेपाल हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयरमूल्य क्रमशः १० प्रतिशत र ९.९८ प्रतिशतले बढेको छ ।

त्यसैगरी, इन्फिनिटी लघुवित्तको ९.८५ प्रतिशत, सिवाइसी लघुवित्तको ७.६२ प्रतिशत, दिब्यश्वरी हाइड्रोपावरको ७.५८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १५:३५