२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

इटालीमा बस दुर्घटनामा २१ को मृत्यु

१७ असोज, रोम । इटालीको भेनिसमा बस मङ्गलबार राति दुर्घटना हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा दुई जना बालबालिका रहेका छन् । अग्निशमनकर्ता र उद्धार दलले बसबाट शव निकालेका र आगो निभाएका थिए । भेनिसका एक अधिकारीका अनुसार युक्रेनीसहित विदेशी पर्यटक बोकेको बस मार्घेराको हू भन्ने पर्यटकीय स्थलतर्फ जाँदै गर्दा दुर्घटना भएको थियो ।

भेनिसका अग्निनियन्त्रक टोली कमाण्डर माउरो लुओन्गोका अनुसार बसमा सवार यात्रुहरू आगोमा फँसेका थिए । दृश्य अति नै दर्दनाक थियो, बसबाट शव निकाल्न करिब एक घण्टा लागेको थियो । भेनिसको पुरानो तथा ऐतिहासिक शहरबाट नौ किलोमिटर उत्तर पश्चिममा भएको दुर्घटनामा घाइतेमध्ये चार जनाको अवस्था चिन्ताजनक रहेको भेनिस शहरका अधिकारी रेनाटो बोरासोले जानकारी दिए ।

उनका अनुसार घाइतेलाई उपचारका लागि जिल्लाका विभिन्न पाँच अस्पतालमा पुर्याइएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बस मेस्त्रेको रेल्वे ट्र्याक नजिकै दुर्घटनामा पर्दा केही तल खसी आगलागीसमेत भएको थियो । “यो अत्यन्त दुःखदायी हो, तर यो कसरी भयो भन्नेबारे थाहा पाउन कठिन छ”, भेनेटो क्षेत्रका गभर्नर लुका जाइयाले भने, “नयाँ र विद्युतीय बस तथा समस्यारहित सडक हुँदाहुँदै पनि भएको दुर्घटनाले त्रासदी फैलिएको छ ।” 

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १५:०९