२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

रिगलकाे आममाफीविरूद्ध अनशन सुरू गरेकी भारती ढलेपछि अस्पताल लगियाे

१७ असाेज, काठमाडाैं । आफ्ना श्रीमानको हत्या गर्ने योगराज ढकाल (रिगल)ले राष्ट्रपतिबाट कैद माफी मिनाहा पाएपछि अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमा ढलेकी छन् ।

कैद माफीको निर्णयविरुद्ध आफैंले दायर गरेको रिटमा तारेख धान्न सर्वोच्च पुगेकी भारती सर्वोच्च परिसरमै ढलेकी हुन् । सर्वोच्च सर्वोच्च परिसरमै ढलेकी उनलाई प्रहरीले वीर अस्पताल पुर्‍याएका छन् ।

भारतीले बुधवारदेखि नै माइतीघर मण्डलामा २ घण्टे आमरण अनशन थालेकी थिइन् । भारतीका श्रीमान् चेतन मानन्धरको नेपालगञ्जस्थित धम्बोजी चोकमा २०७२ साल असार २८ गते खुँडा प्रहार गरी हत्या भएको थियो ।

चेतनको हत्यामा दोषी ठहर भएका रिगललाई संविधान दिवसका अवसरमा असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १४:२५