२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

क्रोम्पटनको चाडपर्व विशेष ‘यस दसैँतिहार उपहारै उपहारको बहार’ योजना सार्वजनिक

१८ असाेज, काठमाडाैं । भारतको चर्चित होम अप्लाएन्स ब्रान्ड क्रोम्पटनले यसपालिको दसैँ तथा तिहारलाई लक्षित गर्दै ‘यस दसैँतिहार उपहारै उपहारको बहार’ नामक योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत ग्राहकहरुले क्रोम्पटनका बिभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले उक्त योजनाको लाभ भदौ २८ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि रहेका सिजिका विक्रेताकहाँ गइ उठाउन सक्नेछन् ।

यस योजनाको अवधिभरि हरेक साता एक ग्राहकलाई मिक्सर ग्राइन्डर वा इन्डक्सन कुकटप उपहार तथा एक भाग्यशाली ग्राहकलाई Midea को साईड बाई साईड रेफ्रीजिरेटर बम्पर उपहार स्वरुप प्रदान गरिनेछ।

साथै, पुराना भएका सामग्री फेरबदल गरि नयाँ सामान लान चाहने ग्राहकका लागि समेत कम्पनीले उक्त योजनाको क्रममा एक्सचेन्ज अफरको सुविधा समेत ल्याएको छ।

यति मात्र नभई, चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले सिजि लोयल्टी क्लबको रिवार्ड प्रोग्राम अन्तर्गत आकर्षक छुट तथा उपहारहरु प्राप्त गर्न सक्नेछन् ।

नेपाल अधिराज्यभर क्रोम्पटनको ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रूपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इम्पेक्स रहेको छ । सिजी ईलेक्ट्रोनिक्सले ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो बिक्रेता सञ्जालमार्फत सेवा र अनुभव प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १३:५८