१२ पुष २०८२, शनिबार | Sun Dec 28 2025

नेप्सेमा एक कम्पनीको ५८ लाख कित्ता बोनस सेयर सूचीकृत

१७ असाेज, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएकाे छ । बुधबार नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा कम्पनीको ४.७५ प्रतिशत बोनस बापतको ५८ लाख १० हजार ४३७.५० कित्ता बोनस सेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १२:३७