६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

१७ असाेज, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सुनकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार ४०० रुपैयाँ कायम भएको छ।

अघिल्लाे काराेबारकाे दिन मंगलबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३१० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर चाँदी १ हजार ३१० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार ११:०४