२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

किन्ने होइन त ? १०० रुपैयाँमै सेयर बिक्री गर्दै मल्टीपर्पस फाइनान्स

१७ असाेज, काठमाडाैं । मल्टीपर्पस फाइनान्सको असोज २९ गतेबाट अवितरित १ लाख ४० हजार बढी कित्ता हकप्रद सेयर बिक्रीमा राख्ने भएकाे छ ।

कम्पनीले गत भदौ १० गतेदेखि भदौ ३१ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो। सो अवधिमा बिक्री नभएको कुल १ लाख ४२ हजार ७७३ कित्ता सेयर बिक्री गर्ने भएको हो। जसमा संस्थापक समूहको ८२ हजार १२३ कित्ता र सर्वसाधारण समूहको ६० हजार ६५० कित्ता रहेको छ।

बिक्रीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी  बोलकबोल गर्नुपर्नेछ।

लगानीकर्ताले संस्थापक समूहतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि कात्तिक १३ गतेसम्म  खरिद आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाडाैंकाे नक्सालस्थित कार्यालयका साथै मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा (चिप्लेढुंगा), बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर तथा मल्टीपर्पस फाइनान्सको जनकपुरस्थित कार्यालयमामा बोलपत्र पेस गर्न सकिनेछ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार १०:४०