२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

प्रेस काउन्सिलका सदस्य पोखरेल एमाले प्रदेश कमिटी सदस्यमा विजयी

१६ असोज, काठमाडौँ । प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य गणेश पोखरेल नेकपा एमालेको कोशी प्रदेश कमिटीमा विजयी भएका छन । सोमबार अबेर भएको मतदानमा उनी प्रदेश कमिटी सदस्यमा विजयी भएका हुन । पोखरेल कोशी प्रदेश कमिटीमा विजयी भएको काउन्सिलकै अर्का सदस्य रामप्रसाद दाहालले जानकारी दिएका छन । उनले पोखरेललाई बधाई दिँदै मर्यादित पत्रकारिताका लागि काउन्सिलमै रहेर प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन ।

उनले भनेका छन, ‘प्रेस काउन्सिल नेपाल Press Council Nepal का बाेर्ड सदस्य गणेश पाेखरेल नेकपा-एमालेकाे काेशी प्रदेश समितिकाे सदस्य निर्वाचित हुनु भएकाेमा हार्दिक बधाई । अब मर्यादित पत्रकारिताका लागि काउन्सिलमै रहेर प्रभावकारी भूमिका खेल्नु हुने विश्वास प्रकट गर्दछु !!! काउन्सिलमा थप सुधार हुने ? भयाे ।’

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार २१:१८