२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

न्युरोडमा धारिलो हतियार प्रहार हुँदा एक युवककाे मृत्यु

१६ असाेज, काठमाडाैं । न्युरोडमा धारिलो हतियार प्रहार हुँदा एक युवककाे मृत्यु भएको छ। सोमबार राति साढे ११ बजे इन्द्रजात्रा हेर्न न्युरोड पुगेका ओखलढुंगा लिखु गाउँपालिका-४ घर भई हाल क्षेत्रपाटी बस्दै आएको १७ वर्षीय सनी कार्की धारिलो हतियार प्रहारबाट घाइते भएका थिए ।

१७ वर्षीय सनीलाई अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै उनकाे निधन भएको हो। उनलाई ट्रमा सेन्टर पुर्याइएकाे थियाे । ट्रमा सेन्टरबाट रिफर गरेर कार्कीलाई ११ बजेर ५८ मिनेटमा मनमोहन अस्पताल पुर्‍याउँदा निधन भएको प्रहरीले जनाएकाे छ ।  प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएकाे छ ।

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार १३:३३