६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

सुनको मूल्यमा भारी गिरावट, आज कतिमा हुँदैछ कारोबार ?

१६ असाेज, काठमाडौं । साताकाे तस्राे काराेबारकाे दिन मंगलबार पनि सुनकाे मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज  सुनकाे मूल्य प्रतितोला १३०० रूपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख ६ हजार १०० रुपैयाँ कायम भएको छ।

अघिल्लो कारोबार दिनसोमबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ९०० रुपैयाँ र तेजाबी सुन १ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीकाे मूल्य प्रतितोला ३० रुपैयाँले घटेर १ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी तोलामा १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो

प्रकाशित मिति : १६ आश्विन २०८०, मंगलवार ११:११