१९ आश्विन २०८१, शनिबार | Sun Oct 6 2024

एमाले कर्णाली अधिवेशनः अध्यक्षमा गुलावजंग शाहसहित प्यानल नै विजयी

१५ असोज, काठमाडाैँ । नेकपा (एमाले)को कर्णाली प्रदेश अधिवेशनमा अध्यक्षका उम्मेदवार गुलावजंग शाहको प्यानल नै विजयी भएको छ । प्रदेश कमिटीको अध्यक्षमा गुलाबजंग शाह ३६९ मतका साथ विजयी भएका छन । उनका प्रस्तपर्धी  मीनबहादुर शाही २०७ मतसहित पराजित भए । त्यस्तै अध्यक्षकै अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा टेकराज पछाई विजयी भएका छन । उनले ३४२ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी लालबहादुर महताराले १७६ र मुगुका दानसिंह परियारले ५९ मत प्राप्त गरे ।

यस्तै सचिवमा सुर्खेतका ध्रुवकुमार शाही ४०६ मतसहित विजयी हुँदा दैलेखका रुद्रबहादुर शाहीले १६९ मत प्राप्त गरे । त्यसैगरी, उपसचिवमा रवीन्द्रराज शर्मा ३०० र रमेश वहादुर शाहीले २६६ मत ल्याइ विजयी भए । उनीहरूका प्रतिस्पर्धी पद्मा खड्का १५१ र मेनका पछाईले ९६ मत प्राप्त गरे ।

प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार २२:२३