नेप्सेमा दुई बैंकको सेयरमा मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
१५ असाेज, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई वटा वाणिज्य बैंकको मूल्य समायोजन भएको छ । नेप्सेमा एनआइसी एशिया बैंक र एभरेष्ट बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
१) एनआइसी एशिया बैंक
एनआइसी एशिया बैंकको २९ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ५९० रुपैयाँ ३१ पैसा हुने गरी नेप्सेले मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ७६१ रुपैयाँ ५० पैसाकाे आधारमा मूल्य समायोजन गरेको हाे ।
२) एभरेष्ट बैंक
एभरेष्ट बैंकको १० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ५१४ रुपैयाँ ५५ हुने गरी नेप्सेले मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ५६६ रुपैयाँकाे आधारमा मूल्य समायोजन गरेको हाे । सोही मूल्यको आधारमा यी कम्पनीको सेयर कारोबार भोली खुल्नेछ ।
प्रकाशित मिति : १५ आश्विन २०८०, सोमबार १६:२६